aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रभु बैंकको १८ हजारभन्दा बढी कित्ता शेयर लिलाम बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
प्रभु बैंकको १८ हजारभन्दा बढी कित्ता शेयर लिलाम बिक्रीमा

काठमाडौं । प्रभु बैंकको १८ हजार ९३२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस