aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिन्धु विकास बैंकको १३ औं बार्षिकोत्सव सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
सिन्धु विकास बैंकको १३ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।

बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा बित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईवर क्राईम बिषयमा सचेतना मुलक कार्यक्रमहरु गरेको छ  । 

सोही अवसरमा विभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गर्नुका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका बिभिन्न प्रतिष्ठित मठ मन्दीरहरुको सरसफाई तथा डस्टपिनहरु वितरण गरी भाद्र २४ गते बैंकको कर्पोरेट कार्यालयको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बनेपा बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक वित्तीय  संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए । 

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस