aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआईसी बैंकले गर्यो भिडियो केवाइसी सेवाको शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
एनआईसी बैंकले गर्यो भिडियो केवाइसी सेवाको शुरुवात

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।  

बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँगभिडियो कल गरि उक्त मलमार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ । 

यदि भिडियो केवाइसीमार्फत आफ्नो भिडियो केवाइसीजानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउन ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि े भिडियो कलमार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । 

बैंकिङ्ग समयमा भिडियो केवाइसीको भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा े केवाइसी विवरण अद्यावधिक गर्नु पर्नेछ । ग्राहकहरुले भिडियो केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷भोटर ) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो केवाइसी मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस