aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंकिङ कसूरका फरार  राजिव कँडेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
बैंकिङ कसूरका फरार  राजिव कँडेल पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस