
काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । भदौ महिनाको दोस्रो सातादेखि सुधार देखिएको बैंकहको निक्षेप संकलन यो साता पनि बढेको छ । निक्षेप संकलनमा सुधार देखिएसँगै एक सातामा वाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप भदौ २४ गतेसम्म आइपुग्दा ८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेसँगै कर्जा प्रवाह पनि बढाएका छन् । भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह ७ अर्ब रुपैयाँले बढेर भदौ २४ गतेसम्म आइपुग्दा ४१ खर्ब ८८ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस