aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको छ । 

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरे । 

उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस