aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआईसी एशिया बैंकका ग्राहकहरुले दराजमा किनमेल गर्दा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
एनआईसी एशिया बैंकका ग्राहकहरुले दराजमा किनमेल गर्दा विशेष छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । यहि भाद्र २९ देखि असोज ११ गतेसम्मको लागि लागू हुने गरि सम्झौता भएको हो । 

यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा दुई हजार पाँत सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।    

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस