aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दियो, ब्याजदर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दियो, ब्याजदर कति ?

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षसम्मका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

सेबोनबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती पाएपछि कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस