aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी अभियानको मुद्दा दलहरुका घोषणापत्रमा समावेश गर्न महासंघको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
सहकारी अभियानको मुद्दा दलहरुका घोषणापत्रमा समावेश गर्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा  सहकारीका मुद्दाहरुलाई समेट्न आग्रह गर्दै सुझाव बुझाउन थालेको छ ।

मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा (एमाले) का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा सम्टेन आग्रह गर्दै सुझाव दिएका थिए । 

आगामी संसदीय निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानकोतर्फबाट दलहरुलाई सुझाव दिन थालेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले सबै दललाई सुझाव दिने तयारी गरिरहेको बताए ।

‘हामीले दलहरुलाई सहकारीको अभियानकोतर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं । उहाँहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, कँडेलले बताए  । कतिपय दलहरुले महासंघमा सम्र्पक गरेर समेत समेट्नुपर्ने विषय माग गरेका छन् । ‘अन्य दलहरुसँग पनि समय मिलाई रहेका छौं छिट्टै सुझाव दिने छौं’ कडेलले बताए  ।

प्रतिक्रिया दिनुहोस