
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारी विभागले सहकारीहरुलाई साधारणसभा सम्पन्न भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
उक्त सूचनामा भनिएको छ, ‘काठमाडौ महानगरपालिका भित्रमा कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले आगामी २०७१ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिका सहकारी विभागमा बुझाउन हुन अनुरोध छ ।’
यसका सँगै विभागले साधारणसभा संचालन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका लाई आधार मान्न समेत निर्देशन दिएको छ । साथै, सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्याहरुलाई साधारणसभामा उपस्थिति गराउन समेत निर्देशन दिएको छ ।
सबै सदस्यलाई सधारणसभामा साधारणसभामाकुल सदस्य संख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या नपुग्ने हुँदा गणपुरक संख्या पुन्याएर मात्र साधारणसभा संचालन गर्ने विभागले निर्देशन दिएको हो ।
यसका साथै विभागले प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन समेत भनेको छ ।
सहकारीहरुलाई लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न विभागको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस