
काठमाडौं । सिभिल बैंकको संस्थापक शेयर लिलामी खुलेको छ । बैंककोे १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा खुलेको हो ।बैंकको उक्त शेयर खरिद गर्नका निम्ति न्यूनतम सय रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेस गर्नुपर्ने छ ।
त्यसका निम्ति आवेदकले न्यूनतम १० हजार कित्ता र अधिकतम्को कुनै हद छैन । तर, शेयर खरिदका निम्ति आवेदन दिँदा कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एक व्यक्ति एक परिवारका सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकिएको अधिकतम् संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन हाल्नुपर्ने छ । सिभिल बैंकको संस्थापक शेयर खरिद गर्नका निम्ति भदौ १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस