aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत अधिकतम २ हजार ५ सय रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यो योजना भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिंदा ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ ।  क्यासब्याक योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस