
काठमाडौं । हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २ गतेदेखि बिक्रीमा आएको यो ऋणपत्र २०८३ मा परिपक्व हुनेछ । प्रतिऋणपत्र मूल्य हजार रुपैयाँ तोकिएको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । बैंकले १० प्रतिशत ब्याजदरमा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
प्रतिक्रिया दिनुहोस