aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सहयोगी विकास बैंकको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
सहयोगी विकास बैंकको नाफा घट्यो

सहयोगी विकास बैंक लिमिटेड (Sahayogi Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७६ प्रतिशतले घटेको हो । गत वर्षको सोहिअवधिमा नाफा ७ करोड ६३ लाख रुपैयाँ कमाएको थियो ।

५० करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सहयोगी विकासले जगेडाकोषमा १९ करोड ८३ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ४ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ८५ करोड २ लाख रुपैयाँ लगानी गरेको । 

सहयोगी विकास बैंकको खुद व्याज आम्दानी २ दशमलव ५९ प्रतिशतले घटेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सामान्य बढेर ७ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पत्ति १५ दशमलव ८७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ६९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव २६ गुणा, प्रतिशेयर नेटवर्थ १३८ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस