aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचतकर्तालाई २० लाख बीमा रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचतकर्तालाई २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका २ जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको सुजन शाह र तिनचुली शाखामा सोही खाता खाखेको स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

 बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बीमा वापत  ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू छन् ।

 ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । साथै, यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड रहेको छ । डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस