aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

माछापुच्छ्रे बैंकको ऋणपत्र मंगलबारसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
माछापुच्छ्रे बैंकको ऋणपत्र मंगलबारसम्म


काठमाडौं । माछापुच्छ्रे बैंकले बिक्री खुला गरेको ऋणपत्रमा मंगलबारसम्म आवेदन पाइने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता संघसंस्थालाई बिक्री गर्र्र्नेछ । 
१० दशमलव २५ प्रतिशत ब्याजदरको यो ऋणपत्र २०८५ मा गएर परिपक्क हुनेछ । यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस