aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई सहकारी विरुद्ध बचतकर्ताको पैसा ठगेको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
दुई सहकारी विरुद्ध बचतकर्ताको पैसा ठगेको आरोप

काठमाडौं । दुईवटा सहकारी विरुद्ध बचतकर्ताहरुले ठगीको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेको डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारी विरुद्ध ठगीको आरोप लागेको हो । 

काठमाडौं महानगरपालिकामा सञ्चालित सहकारीको अनुगमन तथा नियमन गर्ने निकाय सहकारी विभागमा ती दुई सहकारीले आफ्नो पैसा ठगेको भन्दै बचतकर्ताहरुले उजुरी हालेका छन् । आफूले बचत गरेको करोडौं रुपैयाँ सहकारीले ठगेको भन्दै रकम फिर्ता दिलाईदिन विभागसँग गुहार मागेका हुन् । 

विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । 

डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस