aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सोमबार ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
सोमबार ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिन अवधिको ४ अर्ब ३० करोड रुपैयाँ गरी कुल ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक १ गते, ९१ दिने ट्रेजरी आगामी पुस ५ गते परिपक्व हुनेछ । भने १८२ दिन अवधिको ट्रेजरी चैत्र ७ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल १० अर्ब करोड रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस