aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हाथवे फाइनान्सको नाफा ११ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
हाथवे फाइनान्सको नाफा ११ प्रतिशतले वृद्धि

हाथवे फाइनान्स लिमिटेड (Hathway Finance Co. Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलव ९० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।

३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडाकोष ७ करोड ५७ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

फाइनान्सले कर्जामा ३७ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ६५ दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हो ।

फाइनान्सको खुद ब्याज आम्दानी ४१ दशमलव ९३ प्रतिशतले घटेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्ष संचालन मुनाफा नोक्सानमा रहेको थियो । संचालन मुनाफा बढाएपनि खुद व्याज आम्दानी घटेको हुदाँ नाफामा सामान्य मात्र वृद्धि गरेको छ ।

फाइनान्सको निष्कृय कर्जा २ दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३९ दशमलव १६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव ८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ७४ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२ दशमलव ९१ गुणा र तरलता अनुपात ४७ दशमलव ०७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस