
काठमाडौं । नागबेली लघुवित्तले गत आवको वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ३६८ प्रतिशत गरी कुल २७ दशमलव ३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीको चुक्तापुँजी१६ करोड ७६ लाख ७९ हजार ५ सय रहेको छ ।
प्रतिक्रिया दिनुहोस