aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। काभ्रेस्थली वडा न.२ स्थित काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथि तार्केश्वर नगरपालिकाकी उपप्रमुख सृजना ब्रुलाकोटीले गरेकी थिइन्  ।

उक्त साधारण सभामा उपप्रमुख ब्रुलाकोटीले सहकारीले समाजमा उल्लेख्य योगदान गर्न सक्ने बताएकी छिन् । उनले  सहकारीहरूले अब ठुलो परिणामको नतिजा दिनका लागि सहकार्य गर्नुपर्ने समेत बताइन् ।

विशेष अतिथिका रूपमा नगर सहकारी कार्यालय प्रमुख तीर्थराज थापा मगर,अतिथिका रूपमा नगर कृषि कार्यालय प्रमुख मिना थापा,नगर पशु सेवा प्रमुख धनपति राय यादव,तार्केश्वर वडा न.– २ का वडाध्यक्ष राधाकृष्ण खड्गी,काभ्रेस्थली स्वास्थ्य चौकी प्रमुख विजय कुमार देव,स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष राधेश्याम फुयाँल ‘शर्मा’ लगायतको उपस्थिति थियो।

सभामा संस्थाका अध्यक्ष रामसुदन भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा  दुई करोड पचहत्तर लाख अठचालिस हजार पाँच सय अन्ठाउन्न रुपैयाँ  निक्षेप  सङ्कलन गरेको छ जुन गत आर्थिक वर्षको भन्दा  २३.०८ प्रतिशतले वृद्धि भएको हो ।  गत आर्थिक वर्षमा निक्षेप  दुई करोड तेइस लाख एकासी हजार सात सय त्रियासी रुपैयाँ सङ्कलन भएको थियो। 

कार्यक्रममा संस्थाले लक्ष्मी बिडारी र शरदचन्द्र अधिकारीलाई उत्कृष्ट बचतकर्ताको रूपमा सम्मान गरेको थियो। साथै उत्कृष्ट ऋणीको रूपमा 
कुमार खड्गी र राम बिकलाई सम्मान गरेको थियो । कार्यक्रममा विशेष अतिथी शखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
 

प्रतिक्रिया दिनुहोस