aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हिमालयन बैंकको न्यूरोड शाखामा मेसिनले पैसा जम्मा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
हिमालयन बैंकको न्यूरोड शाखामा मेसिनले पैसा जम्मा गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । बैंकले गत बिहिबारदेखि उक्त मेसिन सञ्चालनमा ल्याएको हो । 

यस क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिनेछ । 

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बंैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस