aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रा.वा. बैंकको ब्राण्ड एम्बासडरमा ‘मिस नेपाल २०१९’ अनुष्का नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
रा.वा. बैंकको ब्राण्ड एम्बासडरमा ‘मिस नेपाल २०१९’ अनुष्का नियुक्त

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ श्री अनुष्का श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

सो कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए । 

बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५।५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस