
काठमाडौं । यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै जाने क्रममा धरानमा नँया शाखा कार्यालय सञ्चालन गरेको छ ।
सोमबारदेखि बैंकले सुनसरी जिल्लाको, धरान उप–महानगरपालिका वडा नम्बर ०९, पुतली लाइन, धरानमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि ९९ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस