aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नबिल बैंकका सीईओसहित पाँच बैंकर विभूषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
नबिल बैंकका सीईओसहित पाँच बैंकर विभूषित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानासहित पाँच जना बैंकर विभूषित भएका छन् । संविधान दिवसको अवसरमा ढुंगानासहित नेपाल बैंकर संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी विभूषित भएका हुन् ।   

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री प्रदान गरेकी हुन् ।  त्यस्तै, बैंकर दिनेश थकाली, रुकमणि ज्ञवाली र मनिराम पोखरेलले पनि राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् ।  

प्रतिक्रिया दिनुहोस