aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको नाफा १० प्रतिशतले मात्र बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
मितेरी डेभलपमेन्ट बैंकको नाफा १० प्रतिशतले मात्र बढ्यो

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (Miteri Development Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ८ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ३१ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको सोहिअवधिमा नाफा ७ करोड २८ लाख रुपैयाँ कमाएको थियो ।

५८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको मिथिलाले जगेडाकोषमा १९ करोड २१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ४ अर्ब ३२ करोड ४ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ७८ करोड १० लाख रुपैयाँ लगानी गरेको । 

बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर १६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० दशमलव ५२ प्रतिशतले बढेर १२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पत्ति १८ दशमलव ०८ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव २० गुणा, प्रतिशेयर नेटवर्थ १३२ दशमलव ८४ रुपैयाँ र तरलता अनुपात २९ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस