aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नारायणी डेभलपमेन्ट बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ असोज २०७९
नारायणी डेभलपमेन्ट बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २५२ कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने गरी उक्त शेयर विक्री गर्न लागेको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टाँडी, चितवनमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट उक्त शेयर खरीदका लागि माग नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा विक्री प्रकृया अघि बढाईने कम्पनीको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस