aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दशैं नजिकिएसँगै बैंकहरुमा पैसा आउन थाल्यो, एक सातामै थपियो ४१ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ असोज २०७९
दशैं नजिकिएसँगै बैंकहरुमा पैसा आउन थाल्यो, एक सातामै थपियो ४१ अर्ब निक्षेप

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं नजिकिएको छ । दशैं नजिकिएसँगै बैङ्किङ च्यानलमा पैसा आउने क्रम बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा मात्रै ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गत भदौ २४ गतेदेखि ३१ गतेसम्मको अवधिको हो । 

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत भदौ २४ गतसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बढेर भदौ ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ८६ अर्ब रुपैयाँमा पुगेको हो । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । गत भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेर भदौ ३१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।    

 

प्रतिक्रिया दिनुहोस