aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कति जब्बर बैंकहरु, घटाएनन् ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
कति जब्बर बैंकहरु, घटाएनन् ब्याजदर

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहको ऋणको ब्याजदर निर्धारण गर्ने सूत्र (आधारदर) घटे पनि ग्राहकले सस्तो दरमा ऋण पाउन सकेका छैनन् । 

राष्ट्र बैंकको निर्देशनअनुसार आधारदरमा आएको घटबढअनुसार बैंकले हरेक तीन महिनामा ऋणको (नयाँ पुराना) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । आधारदरमा आएको परिवर्तन अनुसार अपवादबाहेक सबैजसो बैंकले ऋणको ब्याजदर घटाएका छैनन् ।
 
यसको अर्थ राष्ट्र बैंकको निर्देशन प्रभावकारी रूपमा पालना भएन भन्ने हो। बैंकहरूले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार गत असारमा वाणिज्य बैंकको औसत आधार ब्याजदर ९.५५ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत असारमा यस्तो दर ०.८७ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो वर्षको असारको तुलनामा गत वर्षको सोही अवधिमा २६ वटा बैंकको आधारदर घटेको छ भने २ वटाको मात्र बढेको छ। 

यही बीचमा राष्ट्र बैंकले बैंकको आधारदर गणना सूत्र पनि परिमार्जन गरेको छ । नयाँ सूत्रअनुसार बैंकले आधारदर गणना गर्दा सम्पत्तिमा प्रतिफल जोड्न पाउँदैनन। यसअघि सम्पत्तिमा प्रतिफलबापत ०.७५ प्रतिशत आधारदरमा जोड्न पाउने व्यवस्था थियो। आधारदर गणनाको परिमार्जित सूत्रअनुसार हरेक बैंकको आधारदरमा ०.७५ प्रतिशतले घटेको थियो। आधारदर घटे पनि बैंकहरूले सोही दरले ऋणको ब्याजदर घटाएनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस