aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वैदेशिक मुद्रा नेपाल भित्र्याउन ग्लोबल आइएमई बैंक व्यस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
वैदेशिक मुद्रा नेपाल भित्र्याउन ग्लोबल आइएमई बैंक व्यस्त

काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चितिको समस्या खट्किरहेको बेला विभिन्न देशमा पुगेर नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने अभियानमा ग्लोबल आइएमई बैंक लागिपरेको छ । बैंकले केही समय अघि बेलायतको लन्डनमा भव्य कार्यक्रम गरी यसको सुरुवात गरेको थियो।  हालै दक्षिण कोरियाको राजधानी सिओलमा गैर आवासीय नेपालीलाई लक्षित गरि उनीहरूको विदेशी मुद्रा खाता नेपालको बैंकमा खोल्ने बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । त्यो अवसरमा नेपालमा लगानी गर्न समेत आव्हान गरिएको थियो।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल मामिला हेर्ने कोरियाको नेशलन एसेम्ब्लीका सदस्य लि साङ्गे, कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल भण्डारी, वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, गैर आवासीय नेपाली सङ्घ कोरियाका प्रतिनिधिहरू, कोरियाको निजी क्षेत्रका प्रतिनिधिहरू, वैदेशिक रोजगार तथा अध्ययनका लागि कोरियामा रहेका नेपालीहरू लगायतको ठुलो उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा गैर आवासीय नेपालीहरूलाई बैंकिङ्ग प्रणालीमार्फत नेपालमा रेमिट्यान्स पठाउनका लागि सचेतना कार्यक्रम गर्ने काम समेत बैंकले गरेको छ । त्यसैगरी कार्यक्रम मार्फत प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न तथा सहजीकरण गर्नका लागि नेपाली दूतावासहरू, कूटनैतिक नियोगहरू तथा गैर आवासीय नेपाली सङ्घलाई बैंकले अनुरोध गरेको छ । 

नेपाल बाहिर भारत, संयुक्त अधिराज्य (युके) र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय नै स्थापना गरेर विदेशी मुद्रा भित्र्याउन  ग्लोबल आइएमई बैंकले पहल गरिरहेको छ । ग्लोबल आइएमई बैंक नेपाल बाहिर प्रतिनिधि कार्यालय खोल्ने पहिलो बैंक हो । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, जोर्डन, हङकङ लगायतका मुलुकमा स्थानीय वित्तीय संस्थाहरूसँगको सहकार्यमा बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

यो बैंक मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंक हो । हाल यसले २७३ वटा एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस