
काठमाडौं । बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज वृद्धि गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आरोप लगाएका छन् । विहीबार काठमाडौंका भृकुटिमण्डपमा नाडा इभी एक्स्पो २०२२ को उद्घाटन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । उनले भने, बैंकहरुको यो निर्णयामा अर्थमन्त्रालय र राष्ट्र बैंकले इन्टरभेन्सन गर्नपर्छ ।
अहिले बजारमा कालोधनको हल्ला चलाइएको समेत उनले चर्चा गरेका थिए । उनले भने, ‘कालोधनका भनेर सबैलाई तर्साने काम गरिएको छ । कालोधन पनि भएका कोहि होलान तर, यसैलाई आधार मानेर सबै व्यापारीलाई तर्साने काम ठिक भएन ।’
यस्तो वेथिति आउनुमा निजी क्षेत्र मात्रै दोषी नभएको समेत उनले प्रष्ट पारेका छन् । नेपालमा वर्षौदेखि रहेको समस्या भर्खरै समाधान हुन सम्भव नभएको बताउँदै यसलाई समय दिएर अगाडि बढ्नुपर्ने बताए । यस्तै, उनले आयातमा गरिएको कडाइले अर्थतन्त्रमा ठूलो समस्या पर्ने पनि बताए । उनले भने, ‘राज्यले आयातमा गरेको कठाइले राज्य संचालन खर्चमा देखिन थालिसकेको समेत जिकिर गरेका छन् ।’
सरकारले आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरे बैंकलाई नै पोस्ने काम गरेको समेत उनले आरोप लगाएका छन् । उनले भने, ‘सरकारले आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेर साना व्यापारीहरुमात्रै मारमा परेको तर, यस्तो व्यवस्थाले बैंकलाई मात्र फाइदा भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस