
काठमाडौं । दुई सहकारी संस्था मर्ज हुने भएका छन् । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र पाँचथरको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिने भएका हुन् ।
यी दुई सहरकारीहरु प्रचलित सहकारी ऐन, नियमावली निर्देशन तथा गाइडलाइन भित्र रहेर आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी एक आपसमा एकिकरण हुन सहमति भई एकिकरणको प्रक्रिया अगाडी बढी रहेको संस्थाले सूचना मार्फत जानकारी दिएको छ । एकीकरणपछि सिम्रिक बचत तथा ऋण सहकारी संस्था नाम रहने समेत सहमति भएको सूचनामा उल्लेख छ ।
त्यस्तै, यी दुई सहकारी एकिकरण पछि संस्थाको कार्यक्षेत्र झापा, ईलाम, मोरङ र पाँचथर रहनेछ । संस्था एकिकरण सम्बन्धमा एकिकरण प्रक्रियामा संलग्न दुबै संस्थाका सदस्यको कुनै जिज्ञासा तथा असहमति भएमा सात दिन भित्र निवेदन दिन समेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस