
काठमाडौँ । माछापुच्छ्रेबैङ्क लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको १२ लाख कित्ता डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन हो ।
बैङ्कले गत श्रावण ६ गते बिक्री खुल्ला गरेको १०.२५ प्रतिशत ब्याजदरको 'माछापुच्छ्रे डेबेन्चर २०८५' को सार्वजनिक निष्कासन तथा विक्री, आज बैङ्किङ समय पश्चात् बन्द हुने भएको हो ।
एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको उक्त डिबेन्चर प्रति डिबेन्चर एक हजार रुपैयाँ अङ्कित दरका १२ लाग कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपूँजी रकम परिपत्र विधिबाट बिक्री खुल्ला गरेको थियो ।
बैकले १० वर्ष अवधि राखेर प्रति डिबेन्चर एक हजार दरका ३० लाख कित्ता डिबेन्चर जारी गरेको हो । जुन कुल तीन अर्व रुपैयाँ बराबरीको हो ।
प्रतिक्रिया दिनुहोस