
काठमाडौं । सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक शेयर असोज ७ गतेदेखि लिलामीमा आएको छ । बैंकले प्रतिकित्ता रू. १४५ अंकित मूल्यमा उल्लेखित कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । निवेदन पेश गर्दा न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाउने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस