aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज

काठमाडौं । एभरेष्ट बैंकले जारी गरेको ७ प्रतिशत लाभांश दरको २० लाख कित्ता अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । बैंकले जारी गरेको उक्त अग्राधिकार शेयर असोज १३ गतेदेखि सर्वसाधारणमा शेयरमा परिणत हुने भएको हो । 

उक्त शेयर सर्वसाधारणमा परिणत हुने भएसँगै नेप्सेले अग्राधिकार शेयरको सूचीकरण खारेज गरेको छ । बैंकको अनुरोधमा नेप्सेले असोज ६ गतेसम्मको अन्तिम कारोबार कायम गरि सूचीकरण खारेज गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस