
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रवार कम्पनी र नेप्सेबीच आईपीओ कारोबारका लागि सूचीकरण सम्झौता भएको हो । कम्पनीले संस्थापक तर्फ र सर्वसाधारण तर्फको गरी कुल २५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गरेको हो । कुल कित्ता आईपीओमध्ये १५ लाख २५ हजार कित्ता संस्थापक तर्फको र ९ लाख ७५ हजार कित्ता सर्वसाधारणतर्फको रहेको छ ।
नेप्सेले कम्पनीको शेयर कारोबारका लागि अभियान कारोबार संकेत प्रदान गरेको छ । आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर प्रि स्पेशल ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १०५ दशमलव ३६ देखि अधिकतम रू. ३१६ दशमलव शन्य ८ सम्मको खुला मूल्य तोकेको छ । नेप्सेले तोकेको खुलामूल्यकै आधारमा कम्पनीको पहिलो शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस