aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद शेयर लिलामीमा

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तले हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधारणको लागि न्यूनतम १०० रुपैयाँ प्रतिशेयरका दरले १८ हजार ५०३ कित्ता शेयर लिलामी राख्ने भएको हो । यो शेयर खरिद गर्नका लागि बढाबढमा १०० रुपैयाँ भन्दा माथि कबुल गनुपर्नेछ ।

उक्त हकप्रद शेयर खरिदका लागि सर्वसाधारणले भाद्र १० गतेबाट शिलबन्दी बोलपत्र पेस सकिने छ । जसकालागी सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल, काठमाडौँ, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, बुटवल र सिद्धार्थ बैङ्क लिमिटेडको शाखाहरू विराटनगर, विर्तमोड, बीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र फारम लिन र बुझाउन सकिने छ । 

लघुवित्तको शेयरका लागि यसै आ.व.को भाद्र १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लघुवित्तले यस अघि सर्वसाधारण तर्फका शेयरहरूको लागि गत असार १२ देखि असार १५ सम्म आवेदन माग गरे पनि उक्त १८ हजार ५०३ कित्तामा आवेदन परेको थिएन । जसलाई प्रचलित कानुन बमोजिम लिलाम बढाबढी गरी पुन विक्री खुलाउन लागिए हो । 

प्रतिक्रिया दिनुहोस