aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उपनिर्वाचनमा ४० करोड खर्च हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
उपनिर्वाचनमा ४० करोड खर्च हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब ५ लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् ।

करिब ६ हजार ८ सय जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले  ४० करोड रुपैयाँ खर्च प्रस्ताव गरी निकासाका लागि अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस