
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवशायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरि निर्देशन लिएका छन ।
आइतबार मन्त्रालयमा रास्ट्रीय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ , घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो।
पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउँदै उनले साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गरे । ‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उनले साना उद्यमीलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’
यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकहरूले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । उनले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि जनाए ।
अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
सुझाव समितिमा बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालय) संयोजक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य (प्रतिनिधि), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य (प्रतिनिधि), राष्ट्रिय योजना आयोग सदस्य (प्रतिनिधि), नेपाल राष्ट्र बैंक सदस्य (प्रतिनिधि), नेपाल बैंकर्स संघ (२ जना) सदस्य (प्रतिनिधि), निजी क्षेत्र (उद्योग वाणिज्य संघका ३ जना) सदस्य (प्रतिनिधि) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस