aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले ग्रामीण उद्यम विप्रेषण आयोजना सँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
राष्ट्रिय वाणिज्य बैंकले ग्रामीण उद्यम विप्रेषण आयोजना सँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ू समृद्धि ू  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना  प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेको छ ।

सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका  कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना  प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोे पनि नैतिक दायित्व रहने बताए । उनले आयोजनाले हाल मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल,  विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण बित्त विशेषज्ञ सन्तोष अधिकारी लगायतको उपस्थिती रहेको थियो । 
                    
 

प्रतिक्रिया दिनुहोस