aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको हो ।

समझदारी पत्रमा एनसीसी बैंकका मर्जर कमिटि संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटिको संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । शेयर स्वाप रेसियो १ बराबर १ मा गाभिने सहमति भएको छ । 

यी दुई बैंक गाभिएपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड कायम हुनेछ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेभएका छन् । यसका साथैै मर्जपछि बैंकको नाम कुमारी बैंक रहने सहमति भएको छ । 
 

प्रतिक्रिया दिनुहोस