
काठमाडौं । सिद्धार्थ म्युचल फन्डद्वारा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । योजनाले साउन २३ गतेदेखि १४ करोड इकाई बिक्रीमा ल्याएको थियो ।
योजनाको इकाईमा आवेदन दिने ढिलो अवधि भदौ २० गतेसम्म रहे पनि खरिदका लागि इकाई संख्याभन्दा बढी आवेदन परेकाले बिक्री अवधि छोट्याएको हो ।
प्रतिक्रिया दिनुहोस