
काठमाडौं । जनउत्थान सामुदायिक वित्तीय संस्थाले नबिकेको हकप्रद शेयर शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । कम्पनीले सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि भदौ १० गतेदेखि भदौ १७ गतेसम्म अवधि तोकिएको छ । लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस