aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेप्सेले गर्यो दुई बैंकको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
नेप्सेले गर्यो दुई बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जरका सम्झौता गरेसँगै शेयर कारोबार रोक्का गरेको हो । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको छ ।

समझदारी पत्रमा एनसीसी बैंकका मर्जर कमिटि संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटिको संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । शेयर स्वाप रेसियो १ बराबर १ मा गाभिने सहमति भएको छ । 

यी दुई बैंक गाभिएपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड कायम हुनेछ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेभएका छन् । यसका साथैै मर्जपछि बैंकको नाम कुमारी बैंक रहने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस