aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एक सातामै थपियो वाणिज्य बैंकहरुमा २६ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
एक सातामै थपियो वाणिज्य बैंकहरुमा २६ अर्ब निक्षेप

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै बैंकिङ च्यानलमा पैसा आउने क्रम पनि बढेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गत भदौ ३१ गतेदेखि असोज ७ गतेसम्मको अवधिको हो । 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बढेर असोज ७ गतेसम्म आइपुग्दा ४५ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको हो । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । गत भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह चार अर्ब रुपैयाँले बढेर असोज ७ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस