aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनाईटेड फाइनान्सको नाफामा सामान्य मात्र वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
युनाईटेड फाइनान्सको नाफामा सामान्य मात्र वृद्धि

युनाईटेड फाइनान्स लिमिटेड (United Finance Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड १२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा शुन्य दशमलव ९३ प्रतिशतले मात्र बढेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ७ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब १ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडाकोषमा ४२ करोड १९ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ६ अर्ब २६ करोड रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । 

फाइनान्सको खुद ब्याज आम्दानी २० करोड ६३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५ करोड ३९ लाख रुपैयाँ रहेको छ । 

युनाईटेड फाइनान्सको निष्कृय कर्जा १ दशमलव १८ प्रतिशत, जोखिम युक्त सम्पत्ति २१ दशमलव ९९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४१ दशमलव ७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८ दशमलव ८४ गुणा र तरलता अनुपात २९ दशमलव ७० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस