aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी दुई हजार रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।  

एनएमबि बैंकले यहि असोज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा दुई हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्नेछन् । 

डेबिट कार्डमा एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै, क्रेडिट कार्डमा एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस