aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबीच   आकर्षक छुट सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबीच   आकर्षक छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता गरेको छ । सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुटदिने भएको बैंकले जनाएको छ ।

त्यस्तै, आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटल एवम् रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरु सञ्चालनमा रहेका छन् । 

सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगंज, सिद्धार्थ कटेज एण्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट रहेको छ ।  सिद्धार्थ होटल ग्राण्ड सिटी विर्तामोड, सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौँ, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी कैलाली छन् । 

 सिद्धार्थ लुम्बीनीग्रिन रिसोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेशनल होटल भैरहवा, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगंज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर सञ्चालनमा छ । 

त्यस्तै, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तिनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगंजर एस क्याफे सुविधानगर तिनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधाप्राप्तगर्न सकिने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरिय सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस