
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ ७१० कित्ता संस्थापक शेयर असोज १२ गतेदेखि विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस