aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सूर्योदय वोमी लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
सूर्योदय वोमी लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार १४ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।  कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

 इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, १३, सागा, काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।  सात जना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उक्त शेयरको मूल्य सम्बन्धित शेयरधनीहरूले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस